काठमाडौंत्रिभुवन विमानस्थल मा फेरी घट्यो अर्को डरलाग्दो घटना

काठमाडौं। त्रिभुवन विमानस्थलको गेट र सिनामंगलको बीचमा एक युवकको शव भेटिएको छ । युवक अन्दाजी २०–२१ वर्षका छन् । सडकनजिकै पानी बग्ने कुलोमा उनको शव भेटिएको हो । उनी को हुन् भन्ने खुलिसकेको छैन ।प्रहरीले शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लिएर गएको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको अनुमान गरिएको छ । उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि प्रस्ट हुने प्रहरीले जनाएको छ । हेर्नुहोस् संचारकर्मी आर्यन धिमालले खिचेका घटनास्थलका केही फोटोहरु ।

काठमाडौं–आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् । अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ गते हत्या गरेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गतेमात्रै बरामद भएको थियो ।अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् । खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी ७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत् भएको थियो ।

वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए । विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो ।होटलमा बस्न गएको समयमा विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसामु स्वीकार गरेका छन् ।हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।