एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

काठमाडाैं : डेढ दशकअघि निरुता सिंह निकै व्यस्त र चर्चित थिइन् । वरिष्ठ निर्देशक तुलसी घिमिरेले दक्षिणा फिल्मबाट डेब्यु गराएपछि केही समय निरुता घिमिरेकै फिल्महरूमा व्यस्त भइन् ।उनले दक्षिणापछि रहर, मीतज्यू, साइत, दर्पण छायालगायतका फिल्ममा अभिनय गरिन् । उनी अभिनीत दर्पण छाया सुपरहिट भयो ।पहिलोपटक उनले घिमिरे क्याम्पको दयाराम दाहाल निर्देशित ठूल्दाइ फिल्ममा अभिनय गरिन् । त्यो फिल्म पनि सुपरहिट भयो । त्यसपछि निरुताले केही वर्षपछाडि फर्केर हेर्नुपरेन ।तर, दिन सधैँ एकैनास कहाँ हुदोरहेछ र ? निरुताका फिल्म पनि लगातार फ्लप हुन थाले । दर्पण छाया, ठूल्दाइ, आफन्त, आफ्नो मान्छे, आफ्नो घर आफ्नै मान्छे, कर्तव्यलगायतका थुप्रै हिट फिल्म दिएकी निरुता फिल्म चल्न र अफर आउन कम भएपछि आफ्नो जन्मदेश भारत फर्किइन् ।त्यसपछि उनी इन्टेरियर डिजाइनिङ कार्स गर्ने भनेर मुम्बई बस्न थालिन् । तर, बीच–बीचमा उनी काठमाडाैं भने आइरहन्थिन् । मुम्बई गएको केही वर्षपछि उनी फर्केर आई द गेम र मलाई मन प-यो नामक दुई फिल्ममा अभिनय गरिन् । तर, ती दुवै फिल्म चलेनन् ।

त्यसपछि निरुता मुम्बईमै बस्न थालिन् । गत भदौमा उनलाई दर्शकले लामो समयको अन्तरालपछि नाइँ नभन्नु ल ५ मा केमियो रोलमा देख्न पाए ।उनै निरुता अहिले काठमाडौं आएकी छिन् । उद्देश्य हो, दाल भात तरकारीको । अर्थात उनले मह सञ्चारको निर्माणमा बन्न लागेको दाल भात तरकारी फिल्ममा विशेष भूमिका निर्वाह गर्दै छिन् ।‘जहाँ रहे पनि फिल्म अभिनयप्रतिको मोह घट्दो रहेनछ,’ निरुता भन्छिन्, ‘दर्शकको मायाले फेरि एकपटक पर्दामा आउन लागेकी छु ।’ आफूलाई प्रस्ताव आएमा फिल्म खेलिरहने मनसुवा उनको छ ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।