इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका

इन्डोनेसिया । इन्डोनेसियामा विमान दुर्घटना भएको छ । इन्डोनेसियाको राजधानी जकार्टाबाट उडेको लगत्तै लायन एयरको बोइङ्ग ७३७ यात्रुवाहक विमान दुर्घटनामा परेको हो ।कम्तिमा १८८ जना रहेको लायन एयरको बोइङ्ग इन्डोनेसियाको जाभा आइल्याण्डमा दुर्घटनाग्रस्त भएको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

पाङ्गकाल पिनाङ्गका लागि उडेको विमान दुर्घटना भएको हो । उडेको केही १३ मिनेटमा कन्ट्रोल रुमसँग सम्पर्क टुटेका थियो । एक सय ८८ जनामध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ।

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)