
कुनै समय थियो सारंगीको धुनमा गाइने दाईहरुले सत्य घटनामा गीतहरु गाउँदा हरकोही रुने गर्थे । नेपाली समाजसंग निकै नजिक रहेको यो बाजामा मार्मिक गीतहरु पस्कदा नरुने सायद को नै हुन्छ होला र ? यस्तै माहोल बन्यो यतिबेला नेपाली टेलिभिजनमा चर्चित बनिरहेको रियालिटी शो द भ्वाइस अफ नेपालको मन्च । जहाँ तेजेन्द्र गन्धर्वले यस्तै रुवाउँने गीत सारंगीको धुनमा गाउँदा भ्वाइस अफ नेपालको स्टेज नै स्तब्ध बन्यो , माहोल शान्त बन्यो कारण उक्त गीतले दर्शकहरुको मन छोयो ,कतिको त रोयो पनि ।बहुचर्चित गायक प्रमोद खरेलको शब्द अनि संगीत संकलनमा रहेको उक्त गीतल कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यालाई लिएर बनाईएको थियो । जसलाई शब्द अनि संगीत संकलन गरेका थिए चर्चित गायक एवं शोका जज प्रमोद खरेलले । उनी भन्छन् ‘द भ्वाइस नेपालीहरुको आवाज हो । संगीतको मार्फतबाट मानिसलाई सुसुचित र जिम्मेवार बनाउनु हाम्रो लागि अपरिहार्य थियो” ।
“राम्रा गीतको प्रस्तुतीले मात्र होइन हरेक हिसावबाट द भ्वाइसलाई अब्बल बनाउने चुनौती हामीसंग थियो । त्यही चुनौतीलाई आत्मसाथ गर्दै कुनै घटनासंग सम्बन्धित रहेको गीत रचना गर्ने योजना अनुरुप मैले यो गीतको सिर्जना गरेको हुँ ।’तेजेन्द्रको मौलिकतालाई बचाउँन प्रमोदले यो कदम उठाउ ।
Comments
Post a Comment