यिनै हुन् युएईमा रक्सी पिएर नेपाली युवतीको हत्या गर्ने सोनी तामाङ, अब मृत्युदण्डको सजाए हुने



युएई – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका हुन् । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ,’ युएईका लागि कार्यबाहक राजदूत सागर फुयाँलले भने,‘उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ।’गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ। सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन्। घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो। बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।

युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।

मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लड मनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना न्युन छ।

यसरि लिएको थियो झगडाले डरलाग्दो मोड : टिकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दसैँ मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो ।

टिकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन ।घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्‍याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको ज्यान गयो ।

सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्ष अघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिना अघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।