भारतमा नेपालीको सफलता : ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधी नेपाली चेलीलाई

काठमाण्डौ/ भारतमा भएको मिस इन्डिया वर्ल्ड २०१८ को उपाधि एक नेपाली मुलकी युवतीले हात पारेकी छन् । नेपाली मुलकी भारतीय युवती मञ्जु थापा मगरले सो उपाधि हात पारेकी हुन् । प्रतियोगिता २४ अक्टुबरमा भारतको जयपुरमा सम्पन्न भएको थियो ।सुन्दरी प्रतियोगितामा भाग लिएकी नेपाली मुलकी मगले ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि चुमेकी हुन् । सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि हात पारेसँगै उनको चर्चा चुलिएको छ ।यसअघि पनि उनले विभिन्न प्रतियोगिता जितेकी छन् । उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् । उक्त प्रतियोगिता वर्ल्ड प्लानेटले आयोजना गरेको थियो । – पुर्बेली न्यूज बाट

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका