भारतमा नेपालीको सफलता : ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधी नेपाली चेलीलाई

काठमाण्डौ/ भारतमा भएको मिस इन्डिया वर्ल्ड २०१८ को उपाधि एक नेपाली मुलकी युवतीले हात पारेकी छन् । नेपाली मुलकी भारतीय युवती मञ्जु थापा मगरले सो उपाधि हात पारेकी हुन् । प्रतियोगिता २४ अक्टुबरमा भारतको जयपुरमा सम्पन्न भएको थियो ।सुन्दरी प्रतियोगितामा भाग लिएकी नेपाली मुलकी मगले ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि चुमेकी हुन् । सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि हात पारेसँगै उनको चर्चा चुलिएको छ ।यसअघि पनि उनले विभिन्न प्रतियोगिता जितेकी छन् । उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् । उक्त प्रतियोगिता वर्ल्ड प्लानेटले आयोजना गरेको थियो । – पुर्बेली न्यूज बाट

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’