निर्मला हत्याकाण्डः बल्ल आयो बम दिदीबहिनीको जवाफ, हाम्रो घरबाट दिउसै फर्केकी हुन (बिस्तृतमा) !

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको रहस्य अझै पत्ता लाग्न सकेको छैन । निर्मलाको हत्या कसले ग¥यो भन्ने सुईको समेत पत्ता लागेको छैन । हत्या अनुसन्धानमा खटिएका विभिन्न टोलीले प्रमाण नष्ट गरेको भन्दै घटनाको वास्तविकतासम्म पुग्न नसकेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सरकारले निर्मला पन्त हत्याको अनुसन्धानका क्रममा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालिन एसपी डिल्लिराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई निलम्बनपछि बर्खास्त गरिसकेको छ । गृह मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ । पन्त हत्या छानबिनका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र मानवअधिकारको प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख बिष्ट र बम दिदीबहिनी वविता र रोशनीमाथि छानबिन गर्नुपर्ने उल्लेख गरेको थियो ।



तर, सरकारका विभिन्न अनुसन्धान टोलीले घटनाको प्रमाणलाई निस्तेज पारेको भन्दै भौतिक सवुत फेला नपरेको बताए । सवुतका रुपमा रहेको निर्मलाको गुप्तांगबाट फेला परेको भेजिलन स्वावसँग आरोपी भनिएका दिलिप बिष्ट, तत्कालिन प्रहरी प्रमुख डिल्लिराज बिष्ट र उहाँका छोरा किरण बिष्टको डिएनएले मेल खाएन । घटना झनै रहस्यमय बन्दै गयो । बम दिदीबहिनीको घरबाट फर्किने क्रममा हराएकी निर्मला पन्तको हत्यारा को हो त ? सबैको मनमा खुल्दुली कायमै छ ।

के भन्छन् बम दिदीबहिनी ?

कञ्चनपुर निवासी वविता बम र रोशनी बमले निर्मला हत्याका बिषयमा आफूहरुलाई केहीपनि थाहा नभएको बताउँदै आएकी छन् । उनीहरुले निर्मला घरमा आएको र दिउँसै फर्किएको भन्दै त्यसपछि के भयो भन्ने बिषय आफूहरुलाई जानकारी नभएको बताएकी हुन् । उनीहरुमाथि प्रहरी र अनुसन्धान टोलीले कडा निगरानी बढाउँदा समेत कुनै प्रमाण फेला पर्न सकेन । हालपनि उनीहरुले आफूहरुलाई लगाएको आरोप निराधार रहेको बताएकी छन् ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका