१२ वर्ष जेठी मलाइकासँग बिहेको तयारीमा अर्जुन कपुर



बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर अन्ततः प्रेममा खुल्न थालेका छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने भारतीय मिडियाहरुको दावी छ ।

४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन् । मलाइकाले गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद गरेकी थिइन् । उनका १५ वर्षका लाठे छोरासमेत छन् । अर्जुन भने अविवाहित हुन् ।मलाइका अर्जुनसँग सल्केको कारणले नै अरवाजले उनीसँग सम्वन्धविच्छेद गरेका थिए । अरवाजसँग सम्वन्धमा रहँदासम्म अर्जुनसँगको प्रेम गोप्य राखेकी मलाइकालाई अहिले कसैको डर छैन । त्यसैले उनीहरु बारम्बार एकसाथ स्पट भइरहेका छन् ।

हालै मिलन एयरपोर्टमा उनीहरु एकसाथ देखिएका थिए । मिडियाको अगाडि एक-अर्कासँग दुरी बनाएर कुरा गरेका उनीहरुले अली र गएपछि एक-अर्काको हात समातेका थिए । उनीहरु हात समातेर हिँडेको भिडियो अहिले भाइरल बनिरहेको छ । उनीहरुको जोडीलाई ‘अमिल्दो’ भन्दै सामाजिक सञ्जालमा धेरैले ट्रोलसमेत गरेका छन् ।

यता अरवाजको कुरा गर्ने हो भने उनी पनि खाली बसेका छैनन् । उनी रोमानियाकी सुन्दरी जर्जिया एन्ड्रियानीसँग प्रेममा छन् । उनीहरु पनि चाँडै बिहे गर्न सक्छन् । अरवाजले एन्डि्रयासँग आफ्नो प्रेम सार्वजनिकरुपमा स्वीकारिसकेका छन् ।

मलाइका र अरवाज २१ वर्षसम्म दाम्पत्य सम्वन्धमा थिए । तर, अरवाजको फिल्मी करिअर उँभो लाग्न नसकेपछि मलाइका उनीसँग असन्तुष्ट बनेकी थिइन् ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।