बन्चरो प्रहारबाट बनकट्टामा आफ्नै श्रीमतीको हत्या



चन्द्रौटा, १२ कात्तिक । श्रीमानको बन्चरो प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका १, बनकट्टा (तकदीरनगर) बस्ने वर्ष ३५ की सुमित्रा परियार रहेकी छन् । राति घरमा सुतिरहेको बेला बन्चरो प्रहार गरी ४० वर्षे बसन्त परियारले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

आइतबार राति करीब ११ बजेको समयमा घरभित्र भुईंमा विस्तरा लगाएका छोराछोरी सहित सबै सुतिरहेको बेला बसन्तले राति उठेर श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

बन्चरो प्रहारपछि बसन्त फरार भएको बताइएको छ । रगतले कपडा भिजेपछि बल्ल आफूहरुले थाहा पाएको छोरी बुनुले बताइन् । रुन कराउन थालेपछि अंकल अन्टी आएर गाउँघरमा हल्ला गरेको छोरा सुजनको भनाई छ ।

स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली राति नै घटनास्थल पुगेको थियो । मृतक सुमित्राको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाएको बताएको छ । श्रीमतीको हत्या गरी फरार भएका बसन्त परियारको खोज अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



दाङको राप्ती गाउँपालिका बडाडाँडाबाट पाँच वर्षअघि बसाई सरेका उनीहरु मिहिनेत मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । यसअघि पनि बाहिर काममा गएको बेला श्रीमतीलाई हानेर टाँका लगाउनुपरेको छोरा सुजनले बताए । ४/५ दिनअघि घरबाट निस्केको बसन्त आइतबार मात्र घर फर्केको बुवा जितबहादुर परियारले बताएका छन् । ‘आएको राति नै आफ्नै श्रीमतीलाई मा-यो’, दुःखी हुँदै उनले भने ।

बसन्तको जेठो छोरा अशोक १६ वर्षका छन् । उनी कामको सिलसिलामा बाहिर छन् । अर्का छोरा सुजन १२ वर्षका भए । उनी नेपाल आदर्श मावि शिवपुर कक्षा ३ मा पढ्छन् । छोरी १० वर्षीय बुनु परियार अहिले नेपाल आदर्श मावि कक्षा २ मा पढ्दै आएकी छन् । घटनापछि अहिले छोराछोरी विचल्लीमा परेका छन् ।

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)