चितवनमा प्रहरीको अहिलेसम्मकै ठूलो थ्रि एस अपरेशन, १२ जना यस्तो अवस्थामा पक्राउ



चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कौडा र जुवा तास खालबाट ११ जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा न १३ स्थित चिन्ताहरण रेष्टुरेन्टबाट पैसाको बाजी हारजित हुने गरि कौडा र जुवा खेली रहेको अवस्थामा उनिहरुलाई १६ थान कौडा, ३ बुक तास र रु १ लाख ११ हजार ९ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुलाई मुलुकी ऐन, २०७४ अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट लागुऔषध चरेश सहित एक जना पक्राउ
प्रहरीले मुग्लिनबाट प्रतिबन्धित लागु औषध सहि एक जनालाई पक्राउ गरिएको छ । आज विहान ९ बजे इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनबाट चेकजाँचको क्रममा बा २० च ३००६ नम्बरको गाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ केजी १३४ ग्राम चरेश सहित इच्छाकामना ४ बस्ने बर्ष २१ को आकाश गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । गुरुङलाई पक्राउ गरि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दर्ता गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन जिल्लालाई सुरक्षित र शान्त चितवन बनाउन (थ्रि एस) अपरेशन) 3S Operation (Search, Sweep and Screening) संचालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कानुनले निषेध गरिएको कृयाकलाप भएको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा जानकारी गराउन समेत प्रहरीले नागरिकहरुलाई अनुरोध गरेको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका