महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै, दुई खेलमा जीत निकाल्दै दोस्रो चरणका लागि छनोट

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा, मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन् ।
आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोली एएफसी यु–१९ महिला च्याम्पियनसीपमा छनोट हुनेछन् । एएफसी यु–१९ महिला च्याम्पियनसीप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसीपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।
Comments
Post a Comment