दिन आइपुगेको छैन भने भाग्यले यसरी बचाउँदो रहेछ मान्छेलाई : १८८ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनामा भाग्यले बाँचे यी यात्रु, कसरी बाँचे त उनी ? (पुरा पढ्नुहोस्)

दिन आइपुगेको छैन भने भाग्यले यसरी बचाउँदो रहेछ मान्छेलाई । सोमबार इन्डोनेसियाको जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको एक सय ८८ यात्रु सवार लायन एयरको जहाज दुर्घटनाग्रस्त भएको थियो । जुन बिमान जाकार्ताबाट उडेको १३ मिनेटमै दुर्घटना भयो भन्ने अनुमान गरिएको छ किन भने उडेको १३ मिनेटमा नै बिमान एयर कन्ट्रोल रुमसंग सम्पर्कबिच्छेद भैसकेको थियो ।
विमान दुर्घटनामा परी विमानमा सवार १८८ व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन बच्चा सहित १८१ यात्रु, दुई पायलटहरू र ६ अन्य चालक दलका सदस्यहरू रहेका छन् ।
दुई सय १० सिट क्षमताको जहाज समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएसँगै दुर्घटनामा परेको रिपोर्टहरुले देखाएका छन् ।
भाग्यबस यस दुर्घटनामा एक व्यक्ति भने जीवत हुन सफल भएको भन्दै अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । उनि हुन् इन्डोनेशिया वित्तीयमा कार्यरत रहेका सोनी सेतियावान । जो आफ्ना सहयोगिहरुसँग JT610 विमानमै यात्रा गर्नेवाला थिए । तर विमानस्थल जाँदा अत्याधिक ट्राफिक जाम भएको कारण उनको विमान छुटेको थियो ।
एक मिडियासँग कुरा गर्दै उनले भने,” जब मैले विमान दुर्घटना भएको खबर पाए तब म खुब रोए । किनकि विमानमा मेरा मित्रहरु पनि परेका थिए । म पनि विमान दुर्घटनामा परी मरे भन्दै रोईरहेको आफ्नो परिवारलाई आफू जीउँदै रहेको खबर गर्दाको क्षणलाई म कहिले पनि भुल्न सक्दिन।”
Comments
Post a Comment