सरकारी सेवा राेज्नेकाे संख्या ह्वात्तै बढ्याे, मागभन्दा ९५ गुणा बढी आवेदन



काठमाडौं । सरकारी सेवामा प्रवेश गर्न चाहनेको संख्या ह्वात्तै बढेको छ । लोकसेवा अायाेगका अनुसार गत आर्थिक वर्ष ०७४\७५ मा माग संख्याभन्दा आवेदन ९५ गुणा बढी परेकाे थियाे ।

आयोगले विभिन्न पदमा पाँच हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेकोमा ती पदमा पाँच लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएका थिए । यसरी दरखास्त दिनेमा महिलाको संख्या दुई लाख ९६ हजार सात सय चार थियो भने पुरुष दुई लाख ७१ हजार एक सय ४९ थिए ।

‘गत वर्ष माग गरिएको पदभन्दा ९५ गुणा बढीले दरखास्त दिए। यसले सरकारी सेवाप्रतिको आकर्षण चुलीमा पुगेको देखाउँछ’, लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले भने ।

नेपालको संविधान जारी हुनुअघि आयोगले निजामती सेवाका लागि आवश्यक पर्ने जनशक्तिको मात्रै परीक्षा लिने गरेको थियो । संघीय शासनअनुरूपको संविधान आएपछि लोक सेवाले नेपाली सेना, दुईवटै प्रहरी बल तथा अन्य संगठित संस्थानको रिक्त पदमा समेत परीक्षा लिँदै आएको छ ।



बिना सोर्सफोर्स निष्पक्ष रूपमा परीक्षा हुने भएकालेले यसतर्फको आकर्ष बढेको हो । सरकारी सेवाका जानकारहरूका अनुसार जागिरमा प्रवेश गरेर उच्च तहमा पुगेकाहरूको आर्थिक अवस्था मजबुत र जीवनशैली विलासी भएकाले पनि यसतर्फ आकर्षण बढेको हो, याे समाचार अाजकाे राजधानी दैनिकमा छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर