निर्मलाका बुवाअामालाई भेटे गगन थापाले हात समाएर भने, ‘प्रधानमन्त्रीसँग म कुरा गर्छु’

दुई सातादेखि जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुलाई बुधबार बिहान भेटघाट भेटेर नेता थापाले न्याय दिलाउन आफूले सक्दो पहल र सहयोग गर्नै बताए । गएको साउन १० गते हराएकी भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थमा शव फेला परेको थियो ।

न्यायको माग्र्दै धर्नामा बसेका निर्मलाका बुवाआमालाई भेटेका नेता थापाले निर्मलाको बुवाका हात समाएर भने, ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म र्पुयाउँछु ।’

निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै उनले प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल कांग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन