दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

एजेन्सी, २५ कार्तिक । दिपावली भने पछी जो कोहीको मन पनि फुरुङ्ग हुन्छ । यो पर्व नेपाल र भारतमा हर्सोउल्लासका साथ मान्ने गरिन्छ । नेपालमा दिपावली वा तिहार भनिन्छ भने भारतमा यसलाई दिवाली वा तेवार भनिन्छ ।

यहि दिपावलीको रात खिचिएको एक तस्बिरले सबैलाई स्तब्ध बनाएको छ । एक तस्बिर जो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यो देखेर जो कसैको मन पनि रुन्छ । तस्बिरमा एक व्यक्ति आफ्ना दुइ सन्तानसंग मध्ये रात कठ्यान्ग्रीने जाडोमा सडक किनारमा निधेको देखिन्छ । बच्चाहरु ३-४ वर्षको जस्तो देखिन्छ ।

सुनसान सडकमा मध्य रात फोहोर भइसकेको कम्बल ओढेर सुतेको उनीहरुको अगाडी केही सामानको ढाकी राखिएको छ । जसलाई देखेर उनी केही बेच्न त्यहाँ बसेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ । यीमध्ये केही हातले बुनेका खजुरका डाला पनि छन् । तर त्यहाँको अवस्था हेर्दा दिनभरीमा दुई तीनवटा मात्रै बिकेको अनुमान लगाउन सकिन्छ । आफ्ना सन्तान पाल्नका लागि खजुरको डालोले मात्रै नपुगेर यी व्यक्तिले तीनवटा खेलौना साइकल पनि राखेका छन् । तर ती पनि बिकेको देखिन्न । उनले बाँसबाट बनेका डाला नबिके पनि साइकल बिक्ने विश्वासका साथ त्यहाँ राखेका थिए ।

उनीहरु सुतेको ठिक पर दिपावलीको झिलिमिली छ । अवश्य हासी खुसी रमाइरहेका पनि होलान तर केहि मिटर वर यस्तो स्तब्ध पार्ने दृश्य देख्दा सबैको मन रुन्छ । यो तस्बिरलाई भारतको मध्यप्रदेश राज्यको सबैभन्दा ठुलो सहर इन्दौरका ईश्वर शर्मा नामका व्यक्तिले फेसबुकमा सेयर गरेका थिए। यो तस्बिर इन्दौरकै भनिएको छ । तर भारतीय सञ्चारमाध्यमका अनुसार यो तस्बिर इन्दौरको नहुन पनि सक्छ । भारतीय सञ्चारमाध्यमले यो तस्बिर भोपाल, ग्वालियर, जबलपुर, दिल्ली, कोलकाता या चेन्नई जहाँको पनि हुन सक्ने अनुमान गरेका छन् । ती सहरको हालत लगभग उस्तै हुने भएकाले यो अनुमान गरिएको हो ।

दीपावलीको साझ आफ्ना दुई सन्तानसँगै सडक किनारमा निदाएका व्यक्ति । तस्बिर : एजेन्सी

यो तस्बिरले सामाजिक संजालका हजारौलाई दुखि बनाएको छ । तर यो त एउटा प्रतिनिधि घटना मात्र हो । यस्तै अवस्था भारतका हरेक कुनामा गरिबहरुको छ । भारतमा मात्र हैन नेपाल मै पनि लाखौ गरिबीको रेखा मुनिका परिवारहरुको अवस्था यस्तै टिस लाग्दो छ ।

Comments

Popular posts from this blog

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका