के दीपाश्री निरौला ‘सेक्स टोय’ प्रयोग गर्छिन् ?



काठमाडौं । कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौन आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ, ‘शारीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’ जवाफमा दीपाले भन्छिन्, ‘शारीरिक सम्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरैवटा पाटो छ । विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध हुने होइन । नारीले यौनको आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’

यौन चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शारीरिक आवश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे । दीपाले पनि भन्दै गइन्, ‘धेरै वटा साधनहरु उपलब्ध छन् । जसबाट नारीले त्यो खुसी प्राप्त गर्न सक्छे । त्यो खुसी मैले पाइरहेकी छु । म सन्तुष्ट छु । यौन कुण्ठा मेटाउने धेरै साधनहरु छन् ।’

यति भनेपछि धमलाले प्रश्न गर्छन्, तपाईले यौन कुण्ठा मेटाउनु भएको छ ?’ दीपाले भन्छिन्, ‘अँ’ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका