कुटाइ खाएपछि हस्पिटल पुगेपछि पनि फेरि रेस्लिङ रिंगमा पुगिन् राखी सावन्त !

एजेन्सी। विदेशी रेस्लरबाट रिंगमा कुटाइ खाएर अस्पताल पुगेकी भारतीय आइटम डान्सर राखी सावन्त पुनः त्यही रिंगमा पुगेकी छिन् । यतिमात्र होइन उनले रिंगमा पुगेर फेरि रेस्लरलाई च्यालेन्ज गरिन् । रिंगभित्र पुग्नेबित्तिकै राखीले भनिन् ‘दुःखको कुरा आज रेबेलसँग मुकाबला हुन पाएन ।’

यस पटक रिंगमा राखीको साथमा सपना चौधरी र अर्शी खान पनि थिए । अहिले हरियाणाको करनालमा सिडब्लुइ रेस्लिङ चलिरहेको छ जहाँ राखी अस्पतालबाट निस्केर फेरि पुगेकी हुन् । रिंगमा राखी, सपना चौधरी, अर्शी खान र पंजाबी गायक खान साहबले पनि प्रस्तुती दिएका छन् । यहाँ सपना चौधरी जान लाग्दा भीडले उनलाई घेरेपछि उनलाई बचाउनको लागि उनका दाजुले गोली चलाए । हवाइ फायर गरेका सपनाका दाजुलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो । सपनाको कार्यक्रममा हालै बिहारमा भीड अनियन्त्रित हुँदा लाठी चार्ज गर्नुपरेको थियो । यहाँ लाडीचार्जपछिको भागदौडमा एक जनाको मृत्यु भएको थियो र केही घाइते भएका थिए ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन