बिहेको अघिल्लो दिन खुल्यो हुनेवाला पतिको असलियत, त्यसपछि युवतीले
एजेन्सी। बेलायतकी एक युवतीले आफ्नो बिहेको ठिक अघिल्लो दिन आफ्ना हुनेवाला पतिको मोवाइल भेटिन् । बेलायतको रोसभिलेकी स्टेसी नामकी ती युवतीले मोवाइलमा यस्तो देखिन् कि उनी छाँगाबाट खसेझैं भइन् । उनका हुनेवाला पतिले अर्कै एक महिलालाई निकै आपत्तिजनक र अश्लील म्यासेज गरेका थिए । उनले पूरै कुराकानी पढिन् र निकै रोइन् । तर, त्यसपछि स्टेसीले जे गरिन् त्यो उदाहरणीय बन्यो ।
स्टेसीले आफूले हुनेवाला पतिको असलियत थाहा पाइसकेको कसैलाई बताइनन् । उनी हुनेवाला पतिको अगाडि यसरी देखिइन् कि मानौं उनलाई केही थाहा नै छैन । त्यसपछि उनी चुपचाप भोलिपल्ट हुने बिहेको तयारीमा लागिन् । भोलिपल्ट बिहेको प्रक्रिया सुरु भयो । विवाहस्थलमा हुनेवाला बेहुला एलेक्ससहित सबै पाहुना पुगिसकेका थिए । त्यहाँको बिहेको चलनअनुसार बेहुली बनेकी स्टेसीले श्याम्पेनको बोतल खोलिन् । त्यसपछि दुवैले बिहेको कसम खानुपर्ने थियो । तर, एक्कासी त्यही बेला सबै बत्ती मधुरो भए ।
सबै बत्ती मधुरो भएसँगै एउटा प्रोजेक्टर स्क्रिन सुरु भयो । स्क्रिनमा लेखिएको थियो ‘म एलेक्ससँग बिहे गर्दिन । के तपाइँ गर्नुहुन्छ ?’ त्यसपछि स्क्रिनमा एलेक्सले अर्की महिलालाई पठाएका अश्लील म्यासेज एक पछि अर्को गर्दै देखिन थाले । यो सब देखेर त्यहाँ आएका सबै पाहुना दंग परे। स्टेसीले यसरी आफ्नो पोल खोलिदिन्छिन् भन्ने एलेक्सले सोचेकै थिएनन् । आत्तिएर एलेक्स त्यहाँबाट भाग्छन्।
एलेक्स गएपछि स्टेसीले घोषणा गर्छिन् कि यहाँ कुनै बिहे भइरहेको छैन तर पार्टी भने अवश्य हुनेछ। स्टेसीले आफ्ना साथीहरुसँग मिलेर सिंगल्स पार्टी गर्ने घोषणा गर्छिन् । त्यहाँ आएका पाहुनाहरु दंग पर्दै एकअर्कालाई हेर्छन् । स्टेसीले भन्छिन् कि एक धोकेबाजसँग जिन्दगी बिताउनुभन्दा आफू जीवनभर अविवाहित रहनु नै राम्रो छ।
Comments
Post a Comment