साफ यू–१५ च्याम्पियनसिप नेपालको हार

नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा नेपालले पाकिस्तानसँग ४–० गोलको अन्तरले पराजय भएको छ ।सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । उपाधिको मुख्य दावेदार मानिएको पाकिस्तानबिरुद्ध नेपालले रक्षात्मक खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा नेपालले दुई राम्रा अवसर खेर फाल्दा पाकिस्तानी आक्रमणलाई पनि नेपालको रक्षापंक्तिले रोक्न सफल भयो । तर, दोस्रो हाफमा भने नेपाल निरिह देखियो । नेपालले गोलका कुनै पनि अवसर सृजना गर्न त सकेन नै लगातार गोल खाइरह्यो ।

५४औं मिनेटमा पाकिस्तानले उपहार गोलमार्फत अग्रता बनायो । पाकिस्तानको प्रहारलाई रोक्ने क्रममा नेपालका जान लिम्बुले आफ्नै पोष्टमा गोल गर्न पुगे । त्यसपछि पाकिस्तानले ५८ औं मिनेटमा पेनाल्टीको अवसर पायो । नेपाली खेलाडीले पाकिस्तानका मुदस्सर नाजरलाई डिबक्समा फल गरेपछि पाएको नेपाल्टीलाई मोहिब उल्लाहले गोलमा परिणत गर्दै अन्तर दुई शुन्यमा पुर्याए । पाकिस्तानले तेस्रो गोल पनि पेनाल्टीमै गरेको थियो ।

६८औं मिनेटमा पाएको पेनाल्टीमा पनि मोहिव उल्लाहले नै गोल गरे । तीन गोलले पछि परेपछि पुरै तालमेल गुमाएको नेपालले ७६औं मिनेटमा चौथो गोल खायो । पाकिस्तानका मुदस्सर नाजरले गोल गर्न सफल भए । अब उपाधिका लागि पाकिस्तानले बंगलादेशसँग खेल्नेछ । बंगलादेशले भारतविरुद्ध टाइब्रेकरमा चार दुई गोलको जित निकाल्दै फाइनलमा पुगिसकेको छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन