आफ्नै ट्याक्टरले किचेर लोक गायक अमृत लामाको मृत्यु



दोलखा । गाडी दुर्घटनामा परी चर्चित गायक अमृत लामा (योञ्जन) को मृत्यु भएको छ । शुत्रबार बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गायक लामाकाे मृत्यु भएको हाे ।

भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ । उनले ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएका छन् ।

दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि भै रहेको प्रहरी निरीक्षक मल्लले बताए । मृतक योञ्जन नेपाली कांग्रेसको स्थानिय नेता समेत रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर