आफ्नै ट्याक्टरले किचेर लोक गायक अमृत लामाको मृत्यु



दोलखा । गाडी दुर्घटनामा परी चर्चित गायक अमृत लामा (योञ्जन) को मृत्यु भएको छ । शुत्रबार बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गायक लामाकाे मृत्यु भएको हाे ।

भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ । उनले ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएका छन् ।

दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि भै रहेको प्रहरी निरीक्षक मल्लले बताए । मृतक योञ्जन नेपाली कांग्रेसको स्थानिय नेता समेत रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन