सडकछेउ ट्रक राखेर सामान झार्दै थिए ड्राइभर, छेउमै रहेको पातको थुप्रो देख्दा…

एजेन्सी। अमेरिकाको इण्डियानापोलिस राज्यमा एक ट्रक ड्राइभर ट्रकमा सामान लिएर छोड्न गएका थिए । उनी सम्बन्धित ठाउँमा पुगेपछि सडकछेउमा गाडी राखेर पार्सल लिइ घरमा छोड्न गए । घरमा पार्सल छोडेर फर्किने क्रममा अचानक उनको नजर सडकछेउ थुप्रिएका पातहरुमा पर्यो । पातको थुप्रोमा उनलाई केही अनौठो चीज लाग्यो । त्यसपछि उनले त्यो चीज के हो भनी जान्न नजिकै गएर हेरे ।

नजिक गएर हेर्दा उनलाई झट्का लाग्यो । त्यहाँ एक बालक सुतेका थिए । ती बालक तिनै महिलाका छोरा थिए जसको सामान छोड्न उनी घरमा गएका थिए । ती बालक खेल्दै खेल्दै त्यहाँ लुकेका थिए । तर ती बालक जहाँ लुकेका थिए त्यो ठाउँ निकै खतरनाक थियो किनकि पातको थुप्रो सडकमै थियो । त्यहाँ ती बालकलाई झट्ट देखिँदैनथ्यो । ती ट्रक ड्राइभर जोर्डन बीबर आफैंले पनि ट्रक लिएर त्यहाँ जाँदा र महिलाको घरमा सामान छोड्न जाँदासम्म पनि उनलाई देखेका थिएनन् । जोर्डनका अनुसार फर्किने बेलासम्म पनि ती बालकतिर ध्यान नगएको भए उनले त्यहीँबाट ट्रक अगाडि बढाउन सक्थे र बालक त्यहीँ किचिन सक्थे।

उनले महिलासँग सोधेर लुकिरहेका बालकको एउटा फोटो खिचे । त्यसपछि जोर्डनले त्यो फोटो सामाजिक संजालमा पोस्ट गर्दै अन्य अभिभावकलाई सचेत बनाएका छन् । उनले यो फोटो शेयर गरेपछि अरु अभिभावकले आफ्ना बच्चाको क्रियाकलापमा ध्यान दिने आशा गरेका छन् । यसका साथै यो पोस्टका कारण ड्राइभरहरुले पनि गाडी चलाउँदा यस्ता कुरामा सतर्क हुने उनको अपेक्षा छ।
२०७५ मंसिर २ गते १३:१८ मा प्रकाशित

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)