बुद्ध लामाले गाए ‘रातो टिका निधारमा’

दशैं सकिएको छ । तिहार नजिकिएको छ । तिहारको पूर्व सन्ध्यामा दशैंको झझल्को ल्याउने गीत सार्वजनिक भएको छ । गीतले भन्छ, ‘रातो टिका निधारमा ।’ तर, यसले दशैं संस्कृतिसँग कतिपनि साइनो लगाएको छैन । बरु, मायाप्रेमको कुरा जोडेको छ ।
गायक हुन्, बुद्ध लामा । चिनाइरहनु परेन, नेपाल आइडल सिजन-१ का विजेता हुन् उनी । बुद्धको स्वरमा मेलिना राईले भाका मिलाएकी छिन् ।

प्रभा आचार्यले लेखेको गीतलाई वसन्त सापकोटाले संगीत दिएका हुन् । रोमान्टिक शैलीको गीतमा भिमफेदी गाइजलाई फिचरिङ गराइएको छ । यो गीतको म्युजिक भिडियो टेलिशृंखला ‘भद्रगोल’का पात्र काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका हुन् । निर्मला लामा यसका कोरियोग्राफर हुन् भने भिडियो खिचेका हुन् सुदीप बरालले ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर