सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै



बलिउड अभिनेता सञ्जय दत्तकी पत्नी अहिले सामाजिक सञ्जालमा छाएकी छिन्। प्राय: आफ्नो हट तस्बिरहरुले सामाजिक सञ्जालमा तापमान बढाउने मान्यता एक पटक फेरि चर्चामा छिन्।मान्यता अहिले सिङ्गापुरमा बच्चाहरुसँग छुट्टी मनाईरहेकी छिन्।

सिङ्गापुरको मस्तीको यी तस्बिर उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् जसमा उनी बच्चाहरुसँग स्विमिंग पूलमा देखिएकी छिन्।

सिङ्गापुरमा सञ्जय दत्त पनि उनीसँग थिईन तर मुम्बई फर्किसकेका छन्। केही दिन अघि सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ रिलिज भएको थियो जसले दर्शकबाट भरपुर माया पाएको छ।

फिल्म हिट भए लगत्तै सञ्जय दत्त परिवारसँग घुम्न निस्किए। मान्यताका यी तस्बिर खुबै मन पराईएको छ।
मान्यता आफ्नो इन्स्टाग्राममा अक्सर केही तस्बिरहरू शेयर गरिरहन्छिन् जसमा उनको अन्दाज बिल्कुल अलग हुन्छ।
केही समय अघि मान्यता जब छुट्टी मनाउन गएकी थिईन त्यस समय उनले रेड बिकिनीमा तस्बिर पोस्ट गरी सनसनी नै मच्चाएकी थिईन।

Comments