ग्यास बुलेटको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु : बुलेटमा आगलागी, सडक अवरोध (अपडेट)

धादिङ । धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटामा दुई पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ आउँदै गरेको up75 AT5208 नम्बरको ग्यास बुलेट अनियन्त्रित भएको र दुई पैदलयात्रीलाई ठक्कर दिएर ग्यास बुलेटमा आगलागी भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

ग्यास बुलेटको ठक्करबाट पैदलयात्री गीता नेपाली र सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेट अनियन्त्रित भएर पल्टिएको स्थानीयको भनाई छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । दुर्घटनाका कारण अहिले सडक अवरोध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर