बोल्दाबोल्दै भक्कानिए दाहाल

दोलखा — चरिकोटमा प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रियस्तरको फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ । प्रतियोगिता नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

दोलखाको चरिकोटमा आयोजत प्रथम प्रकाश स्मृति फुटबल प्रतियोगिता सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

प्रकाश दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता उद्घाटन गर्दै सम्बोधन गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल भक्कानिए । उनका छोरा स्व. दाहालको असमायिक निधन भएको सम्झना गर्दा उनी केहीबेर रोकिए। ‘मेरो छोराभन्दा पनि एकजना उदीयमान नेता प्रकाश,’ यति भन्नासाथ उनी अडिए। भावविह्वल हुँदै मन्तव्य पनि टुंग्याए।

विजेताका लागि ३ लाख रुपैयाँ नगद पुरस्कार राखिएको फुटबल प्रतियोगितामा देशभरका १२ वटा चर्चित टिम र खेलाडी सहभागी छन्।



मन्त्रीमण्डल हेरफेर हुने सक्ने संकेत
दोलखाको चरिकोटमा फुटबल प्रतियोगिता उद्घाटन गर्नुअघि पार्टी कार्यकर्ताहरूमाझ सम्बोधन गर्दै
दाहाललेमन्त्रीमण्डल हेरफेर हुने सक्ने संकेत गरेका छन् ।उनले सरकारको गति बढाउन त्यस्तो कदम चाल्ने बताए। ‘मेरो भाषामा भन्दा सरकारको गियर बदलेर भए पनि अघि बढौं भनेको छु,’ हेरफेरबारे संकेत गर्दै उनले भने।
सरकारले केही सकारात्मक आधारहरू बनाउँदै गएको भए पनि विकासले गति लिन नसकेपछि निराशा पैदा भएको उनको स्वीकारोक्ति थियो। स्थानीय तहको कर वृद्धिका विषय, जिल्लाजिल्लाबाट कार्यालयहरू विस्थापन भएका विषय केन्द्रमा समीक्षा भइरहेको जानकारी उनले दिए। ‘हतरपतरमा काम गर्दा केही उल्टा काम भएका छन्,’ दाहालले भने, ‘तीन जिल्लाका लागि एउटा कार्यालय राखिएको कुराले कसरी जनताको घरदैलोमा सरकार छ भन्ने।’

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका