सरकारले सेना र प्रहरीलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका



काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् ।नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुरक्षा निकायलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने बताए ।

सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई धरापमा पार्ने कामसमेत गरेको भन्दै देउवाले विपक्षीको कुरालाई बुझेर प्रजातन्त्र जोगाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानुन व्यवसायीहरुले अहिले न्यायालय लेनदेनमा र राज्य सौदाबाजीमा चलिरहेको आरोप लगाउँदै दुईतिहाइको दम्भले संसदीय र न्यायिक सर्वोच्चताको धज्जी उडाइएको बताएका थिए ।

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)