सरकारले सेना र प्रहरीलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका



काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् ।नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुरक्षा निकायलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने बताए ।

सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई धरापमा पार्ने कामसमेत गरेको भन्दै देउवाले विपक्षीको कुरालाई बुझेर प्रजातन्त्र जोगाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानुन व्यवसायीहरुले अहिले न्यायालय लेनदेनमा र राज्य सौदाबाजीमा चलिरहेको आरोप लगाउँदै दुईतिहाइको दम्भले संसदीय र न्यायिक सर्वोच्चताको धज्जी उडाइएको बताएका थिए ।

Comments

Popular posts from this blog

काठमाडौंत्रिभुवन विमानस्थल मा फेरी घट्यो अर्को डरलाग्दो घटना

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त