२० लाख बोकेर बैंकमा पैसा जम्मा गर्न गएका युवकले बैंक पुगेर हेर्दा फोहोरको डुंगुर झोलाभरी देखेपछि…

एजेन्सी। चीनमा एक व्यक्तिले भूलवश फोहोर फ्याँक्ने भाँडोमा २० लाख रुपैयाँ फ्याँकिदिएका छन्। पैसा राख्नका लागि उनी बैंक पुग्दा पो भूलवश फोहोरको साटो पैसा फ्याँकेको उनले थाहा पाए ।

लियाओनिङमा वाङ नामक व्यक्ति दुईवटा थैला बोकेर निस्केका थिए । एउटामा घरको फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले पैसाको थैली पो भाँडोमा फ्याँकिदिएछन् ।

बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी दौडिँदै फोहोरको भाँडोमा आए तर त्यतिखेरसम्म पैसा हराइसकेको थियो। अनि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे।



प्रहरीले फोहोरको भाँडोनजिक रहेको सीसीटीभी क्यामरा चेक ग–यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन।

अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज ग–यो। सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन्। उनले प्रहरीलाई थैली बुझाइन्।

थैली भेटेदेखि आफू आरामले सुत्न नसकेको अनि यति धेरै पैसाको के गर्ने भनेर छटपटाएको उनले बताइन्।

महिलाको इमान्दारी देखेर वाङ खुशी भए अनि पुरस्कारस्वरूप दुई हजार युआन दिए।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका