१३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने २ अपराधी भए सार्वजनिक

उदयपुरको रौतामाईमा १३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जना बालकलाई सार्वजनिक गरेको छ । प्रहरीले बृहत अनुसन्धान गरी २ जना बालकलाई आज सार्वजनिक गरेको हो । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको बलात्कारपछि हत्या भएको थियो ।
प्रहरीले हत्यामा संलग्न भएको प्रमाणित भएपछि २ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नाम परिबर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि बिहीबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईका अनुसार बालिका एक्लै देखेर दुई अभियुक्तले पक्रेर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनका अनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर