१३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने २ अपराधी भए सार्वजनिक

उदयपुरको रौतामाईमा १३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जना बालकलाई सार्वजनिक गरेको छ । प्रहरीले बृहत अनुसन्धान गरी २ जना बालकलाई आज सार्वजनिक गरेको हो । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको बलात्कारपछि हत्या भएको थियो ।
प्रहरीले हत्यामा संलग्न भएको प्रमाणित भएपछि २ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नाम परिबर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि बिहीबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईका अनुसार बालिका एक्लै देखेर दुई अभियुक्तले पक्रेर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनका अनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका