अभिनेत्री एलिजालाई पहिलो गाँसमै ढुंगा !



काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने सबैको भाग्य चम्किन्छ भन्ने छैन । सबै अनमोल केसी र साम्राज्ञी आरएल शाह बन्न सक्दैनन् । यहाँ पहिलो गाँसमै ढुंगा चपाउनेको कमी छैन । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम एक उदाहरण हुन् । चलचित्र ‘अनुराग’ बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् ।

मनमा अभिनयको हुटहुटीले २ सन्तानको आमा भएपछि पनि उनलाई अभिनेत्री बन्न रोकेन । यो आफैंमा ठूलो हिम्मत थियो । भलै, ब्यानर आफ्नै किन नहोस् । उनी अभिनयमा होमिएरै छाडिन् । श्रीमतीको सपना पूरा गर्न फिल्ममा पति धमलाले लगानी गरिदिए । गएको असोज १२ गते फिल्म रिलिज भयो ।

दुई फिल्मसँग भिडन्त आरम्भ गरेको यो चलचित्रले बक्सअफिमा सिन्को भाँचेन । न डेब्यु गरेकी एलिजाको अभिनयको नै प्रशंसा भयो । बरु, उनले फिल्ममा आउन हतार गरेको आरोप मात्र खेपिन् । ‘अनुराग’ चलेपछि बाहिरी ब्यानरमा जम्ने रहर उनको फूल्न नपाउँदै ओइलिएको छ ।



रिलिजको तरखरमा रहँदा किन आफ्नै ब्यानरको फिल्मबाट डेब्यु ? भन्ने प्रश्न खुब झेलिन् । छुट्कारा पाउन उनले दीपेन्द्र के. खनालको फिल्म ‘धनपति’ बाट अफर आएपनि नगरेको गफ दिइन् । निर्देशक खनालले यो कुरा नकारे । झुट बोलेरै भएपनि आफ्नो वाहवाही गर्न नछाडेकी एलिजालाई यतिबेला डेब्यु फिल्मको नतिजाले बेचैनी बनाएको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका