हजारौं गाडी थन्किएका छन्, तर नयाँकै मोहः पाटपुर्जा पनि बिक्री गरेर खाने गरेकाे प्रमाण

काठमाडौं। सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन ।
यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।
नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन् । विभाग स्रोतका अनुसार कतिपय कार्यालयले पुराना गाडीका कागजात नै अत्तोपत्तो नहुने बनाएको र राजश्व बुझाउनुभन्दा पाटपुर्जा नै बिक्री गरेर खाने गरेको समेत प्रमाण पाइएको छ।
सरकारले २०४६ सालदेखि यातायात व्यवस्था विभागले सरकारी सवारी साधनको दर्ता सुरु गरेको थियो, त्यसअघिका सवारीको कुनै तथ्यांक भेटिँदैन।
विभागको तथ्यांकअनुसार २०७३/०७४ मा देशभरि ६ हजार ७७ वटा सरकारी गाडी दर्ता भए। त्यसमध्ये ९ सय ३५ वटा काठमाडौंमा मात्र दर्ता भएका छन्।
Comments
Post a Comment