चिया बेचेरै गर्छन दिन दुःखीलाई सहयोग बनेका छन् भुसिया कुकुरका अभिभावक (भिडियो सहित)
कंचनपुर, कसैलाई सहयोग गर्न धरै पैसानै हुनुपर्छ भन्ने छनै ठुलो मन भए पुग्छ । यसका एक उदाहरण हुन सञ्चार चोकका चिया व्यापारी मदन । कञ्चनपुरका मदन चन्दको महेन्द्रनगर बजार क्षेत्रको सञ्चार चोकमा एउटा चिया पसल छ । मदनले चिया बेचेरै आफ्नो घर परिवार पालेका मात्रै छैन्न धरै दिन दुखीको साहरा पनि बनेका साथै बजार क्षेत्रका धेरै भुसीया कुकुरहरुका पनि अभिभावक बनेका छन् । चन्दलाई धुम्रपानको विरुद्दमा उभिएको एक शसक्त खम्बाको रुपमा पनि यस क्षेत्रमा चिनिन्छ ।उनले सुरुमा एउटा सानो खुद्रा पसलबाट आफ्नो व्यवसाय सुरु गरे । खुद्रा पसल भन्ने बित्तिकै धुम्रपान जन्य वस्तु त अवश्य पनि बेचिन्छ नै । उनले पनि यस्तै गरे । तर चुरोटको कारणले उनले आफ्नो आमा बुवालाई गुमाउनु प¥यो । यस पछि उनले चुरोट बिक्रि बितरण गर्न छाडे । अहिले महेन्द्रनगरको सञ्चार चोकमा उनको सानो चिया पसल छ । उनि धुम्रपान निषेधका अभियन्ता भएर काम गरिरहेको छन् । धुम्रपान स्वास्थ्यका लागि हानिकारक भएकाले धुम्रपान आफु पनि सेवन गर्दैनन् र अरुलाई पनि सेवन गर्न दिदैनन् । उनि धुम्रपान बिक्रि गर्नु भनेको जहर बेच्नु सरह मान्दछन् । त्यसैले उनि यस क्षेत्रका लागि धुम्रपान बिरोधका एउटा खम्बा हुन ।
शसस्त्र द्धन्द्धका समय घाईत समेत भएका मदन चन्दले सबैलाई चकित पार्ने उदाहरणिय काम गर्छन । उनले महेन्द्रनगर बजारका भुसिया कुकुरलाई आफ्नो चिया व्यवसायबाट कमाएको पैसाले खाना दिने गर्दछन् । बजार क्षेत्रमा रहेको भुसिया कुकुरलाई उनले विभिन्न नाम दिएका छन् । उनले बोलाउने बित्तिकै कुकुरहरु पनि खाना खान पुगि हाल्छन् । हेल्प नेपालका संस्थापक अध्यक्ष रुपमा रहेका मदन एउटा समाजसेवीको रुपमा समेत चिरपरिचित छन् । उनले मदन बिभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गर्दछन् । निकट भविष्यमा पनि यसरी नै आफु समाजिक व्यक्ति भएर अगाडि बड्ने उनको सोच रहेको छ । उनि संग पब्लिक आवाजले गरेको विशेष कुराकानी भिडियोमा हेर्नुहोस्
भिडियोमा हेर्नुहोस
Comments
Post a Comment