नेपालमाथि यसरी गम्भिर षडयन्त्र गर्दै भारत ! नेपाल कब्जा गर्ने सोचमा मोदी, अब के हुन्छ ?



नयाँदिल्ली । भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् । ईजीपीको साझा प्रतिवेदनमा गरिएको सन् १९५० को सन्धि पुनरावलोकन र एउटा सार्वभौम मुलुक भएकाले नेपालले जुनसुकै मुलुकबाट आवश्यकताअनुसार हातहतियार किन्न सक्ने व्यवस्थासहितको सुझावप्रति भारतको सुरक्षा र खुफिया संयन्त्रको आपत्ति रहेको भारतीय अधिकारीहरुको दाबी छ ।

दिल्लीस्थित सुरक्षा मामिलाका एक जानकारले त्यसको पुष्टि गर्दै भने, “प्रधानमन्त्रीले समय नदिएको जस्ता कुरा बाहिर आए पनि मूल कुरा प्रतिवेदनप्रति भारतीय सुरक्षा संस्थापन सहमत देखिँदैन ।” भारतले नेपाललाई यसरी धोका दिएको यो पहिलोपटक होईन । यो भन्दा पहिले पनि भारतले नेपाललाई पटकपटक यसरी धोका दिने गरेको छ । सन्धी सम्झौंता लगायतका कुराहरुमा आफुलाई थोरैं मात्रैं नोक्सान पुग्ने देखेमा भारत त्यसलाई परिवर्तन गर्ने वा नगर्ने भन्ने वारेमा सोच्ने गरेको जानकारहरु बताउँछन ।

नेपालमाथि भारतीय नीति कहिल्लैं पनि सकारात्मक हुन सकेको छैन । नेपालमाथि कब्जा गर्ने र नेपाल हडप्न खोज्ने नीति भारतको रहेको विश्लेषण बेलाबेलामा हुने गरेको छ । विगतमा भएको नाकाबन्दी लगायतका धेरैं कुराहरुले भारतीय रणनीतिलाई स्पष्ट पारेको छ । नेपाल आफैंमा एक परनिर्भरता भएको देश हो हामीकहाँ सानोसानो कुराहरु पनि उत्पादन हुन सक्दैन हामीले सियोको लागि पनि भारतको मुख ताक्नुपर्छ । भारत नेपालको सम्पुर्ण प्राकृतिक स्रोत, अर्थतन्त्र र रक्षामा आफु अनुकुल नीति बनाउँन लागिपरेको विश्लेषण भइरहेको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका