मध्यरातमा गाडी र यात्रु छोडेर ड्राईभर भागेपछि…

दशै, तिहार तथा छठ मनाउन घर फर्किएकाहरु कर्मक्षेत्र फर्कने क्रम चलिरहँदा बस व्यवसायिका समिति तथा टिकट काउन्टरबाट यात्रुहरु माथि चरम लापरबाही भइरहेको पाईएको छ । बर्दियाबाट काठमाण्डौ लैजाने भन्दै बुधबार सानोश्रीबाट यात्रु बोकेर हिडेको ना ७ ख ६९८ नं. बसका चालकले ११ जना यात्रुलाई रातिको करिब १२ बजे गाडी मै छोडेर भागेपछि पीडितहरु न्याय माग्दै ईलाका प्रहरी कार्यालय सानोश्री पुगेका छन् । काउन्टरले पाउने कमिसनको खेल र समितिबीचको द्धन्दले यात्रुहरु मध्यरातमा सडकमै वेवारिसे बनाइएको ईलाका प्रहरी कार्यालयका सानोश्रीका प्रमुख प्रहरी नायव निरिक्षक गणेशमान खडकाले जानकारी दिनुभयो ।

गाउँ तथा बजारका विभिन्न ठाउँमा कमिसन पाउने आशामा अव्यवस्थित रुपमा खुलेका टिकट काउन्टरको लापरवाहिका कारण लामो दुरीका यात्रुहरुले समस्या खेप्न बाध्य छन् । सानोश्रीबाट टिकट काटेका यात्रु बोकेर ताराताल काउन्टरका यात्रु लिन गएकोे बसका चालक सोम प्रसाद चौधरी मध्यरातमा गाडी र यात्रु छोडेर भागेको बस सवार यात्रुहरुले बताए । अलपत्र यात्रुलाई प्रहरीले राति नै उद्धार गरि बसलाईे नियन्त्रण लिएको छ । विहिबार विहान भएको सर्वपक्षिय छलफलबाट अलपत्र पारिएका यात्रुलाई गन्तव्यमा पठाउने गरि सहमति भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो थियो काउन्टर र समितिबीचको खेल
काठ्माण्डौ लैजाने भन्दै यात्रु लिएर हिडेको बसका यात्रुलाई बाटोमै अलपत्र पार्ने खेलले यातायात व्यवसायिको दादागिरी र सिन्डिकेट अन्त्य नभएको प्रष्ट पारेको छ । सरकारले यातायातका समिति खारेज गर्ने निर्णय गरेपछि बर्दियामा रहेको कृष्णसार यातायात व्यवसायि संघबाट फाटेर केही व्यक्तिहरुले कृष्णसार यातायात प्रा.लि दर्ता गरेका थिए । पछि सरकार समिति खारेजीको समय सिमा बढाए पछि पुरानो समिति कायम नै छ । प्रा.ली. मातहतमा गाडी संख्या कम भएपछि कृष्णसार यातायात प्रा.लि.ले बाँकेको नमस्ते नेपाल र पब्लिक मेट्रो सर्भिस प्रा.लि.संग समन्वय गरि यात्रु पठाउने गरेको छ । साही अन्तरगत नमस्ते नेपाल प्रा.लि. र कृष्णसार यातायात प्रा.लि. सानोश्री,ताराताल, खैरापुर तथा गुलरियाका काउन्टरले काठमाण्डौका लागि टिकट काटेका थिए । तर बुधबार प्रा.लि अन्तरगतको गाडी नपाईएपछि सानोश्री काउन्टरमा बसेका भाष्करदेव गिरिले खाली गाडी खोजे तर भेटिएन । यात्रु बेलुका देखि नै काउन्टरमा पुगेर बसको प्रतिक्षा गरिरहेका थिए । त्यसपछि उनिहरुले नै पुरानो कृष्णसार यातायात समितिको बस खोजे । तारातालमा रहेको कृष्णसार यातायात समितिले टिकट काटेका व्यक्ति र प्रा.लि.का तर्फका गरि दुवै तर्फका यात्रुलाई ना ७ ख ६८९ नं. बस खालि भएकोले लैजाने भनियो । दुई समिति विच ६० हजारमा बुकिङ्ग मौखिक सम्झौता भयो ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका