काेरियन लाउरेकाे फुर्ति :डिग्री पढेकी केटीसँग बिहेमा पल्सर बाईक माग्याे

याे बास्तबिक घटना हाे । केही बाहिर ल्याउने काेशिष गरेकी छु । पढ्नुहाेला । केटा एसलसी पास हाे कोरिया बाट बिहेको लागि ५ वर्ष कोरियाकाे काम सकेर काेरिया बसेर नेपाल आएको थियाे ।
केटी नेपालमा डिग्री पढ्दै गरेकी थिई । बिहेको कुराकानी दुबै पक्षलाई मन पर्यो चिना टिपोट हेराउँदा मिल्यो जनै सुपारी नि भयो । भोलिपल्ट बिहेमा दिनुपर्ने सामानको लिष्ट आयो केटा पक्षबाट उसकाे लिष्टमा निम्न लिखीत दाईजाेहरू चाहिने बताईएकाे थियाे ।
१.बाइक चाहिने रे त्यो नि पलसर 220 CC को २.आफूसहित घरमा बाबाआमा दाइभाउजू,दिदीभिनाजू,बहिनी ज्वाईं,भाइ सब लाई सुन सहित कपडा दिनुपर्ने ।
३.जन्ती ३००/४०० ल्याउने र हामीले भनेको होटलमा खुवाउनुपर्ने।
४.दाइजोमा दिइने सामानको हामीले भने जस्तै अझ हामीले नै भनेको ठाउँमा किन्नुपर्ने ।
५.जन्तीलाई राम्रो दक्षिणा हुनुपर्ने । यि कुराहरू हेरी सकेपछी केटी पक्षले हामी यि माग पुरा गर्न सक्दैनौं हजुरहरूले पहिला नै भन्नु भएन नत्र हामी जनै सुपारी नै गर्ने थिएनौ ?
छोरीलाई राम्रो शिक्षा दिएर सक्षम बनाएका छौ, सम्पत्ति त छोरी नै कमाउने बेला भएको छ नी भनेर भन्दा केटाले जवाफ यस्ताे दिन्छ ।
अझै पनि केही बिग्रेको छैन बिहे क्यान्सिल म मेरा यी मागहरू पुरा गर्न नसक्ने परिवारलाई ससुराली भनेर नाता जोड्न पनीी सक्दिन रे।
हैन यो कोरिया अनी केही युराेप देश अनी हुनेखाने धाक लगाउने परिबार अनी शिक्षा नै नपुगेकाे नेपाली समाजकाे कुना कुनामा र केही बढी लाहुरे केटाहरू लाई असल श्रीमती चाहिएको हो कि सम्पत्ति ?
विबाह दुबै पक्षको सम्झौता हो। लेन देन होइन समानता खोज्नुपर्छ । मायाप्रेम ठुलो कुरा हो। दाइजो दिने लिने काम भ्रष्टाचार को सक्कली रुप हो ।
सबैले बुझाै । नेपाली समाजमा अझै पनी यि र यस्तै कथा बाट नारिहरू लाई पछि पारिएकाे छ । धन्यवाद !
Comments
Post a Comment