हेटौँडामा डरलाग्दो दुर्घटना, ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु



हेटौँडामा डरलाग्दो दुर्घटना, ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु

हेटौँडा : हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा केही बेरअघि भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एउटा मालवाह ट्रक पल्टिएर मोटरसाइकल र अटोलाई किचेर यो दुर्घटना भएको हो ।

ट्रकले किच्दा ना १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा-४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको उनले जानकारी दिए । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिँदा मोटरसाइकल र अटो किचिएका थिए ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन