बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश



जीतपुर,। सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधँैका लागि बिदा लिइन् ।

“मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भनिन्,“ छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।” विसं २०६८ असोज १४ गते घरको नजीकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो । “म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन”, फहियाले भनिन्, “ छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारवाही हुन सकेन । हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ”, उनले दुःखको पीडा सुनाउँदै भनिन् । उनि कुरा भन्दै जाँदा बीचैमा टोलाउछिन् ।

शिवरानीका हजुरबुवा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय पाउन नसकेको गुनासो गरे । “छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारवाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो”, शिवरानीका बुवा कुलुचाले भने ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सूक्ष्म र गहन ढङ्गले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिए । अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताए । जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउछन् । रासस

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)