अष्ट्रेलिया जान्छु भन्दै सुदिपले परिवारलाइनै ढाट्नुको यस्तो रहेछ भित्रि कारण,उनले १ महिना अगाडी….

विगत ६ दिनदेखि भरतपुरबाट बेपत्ता भएका सुदिप सापकोटा तेह्रथुमको एक होटलमा आज भेटिएका छन् । प्रहरीको विशेष अनुसन्धान टोलीले सापकोटालाई तेह्रथुमको एक होटलमा फेला पारेको चितवनका प्रहरी प्रमुख सुशी लसिंह राठौंरले जानकारी दिए ।सुदिपसँग भएको अष्ट्रेलियन भिसा नै फेक भएको प्रहरीले जनाएको छ । अष्ट्रेलिया जाने तयारीमा रहेको भनिएका सापकोटा गत सोमबार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएका थिए ।

अष्ट्रेलिया जाने तयारीमा रहेको व्यक्ति एकाएक हराएको खबरले चितवनमा सनसनी फैलिएको थियो ।उनको एक महिना अगाडि मात्र विवाह भएको थियो । उनले अष्ट्रेलिया जाने तयारी गरिरहेको परिवार तथा आफन्तलाई बताउँदै आएका थिए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाइ सकेको परिवार स्रोतले बताएको थियो ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधी ज्ञवालीले अष्ट्रेलिया जान भनेर सापकोटाले बनाएको सबै डकुमेन्ट फेक भएको जानकारी दिएका छन् । सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा फेक देखिएको उनले बताए । यसै कारण सापकोटा भागेको हुनसक्ने डीएसपी ज्ञवालीको अनुमान छ ।



सापकोटाको मोबाइल ट्यापिङका आधारमा भेट्टाउन सफल भएको प्रहरीको भनाइ छ । सापकोटाले मोबाइल अफ गरे पनि वाइफाइ भने निरन्तर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । साप कोटा तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेको र उनलाई लिन परिवारका सदस्य त्यसतर्फ लागेको बाबु गंगा सापकोटाले जानकारी दिए ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन