बसपार्कको गेस्टहाउसमा शंकास्पद वस्तु भेटियो, सेनाको टोली जाँदै
काठमाडौं : राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा सञ्चालित पूर्वीय चन्द्रमा गेष्ट हाउसमा संकास्पद वस्तु फेला परेको छ।
सोमबार अपरान्ह गेष्ट हाउसको एउटा कोठामा रातो कपडाले बेरेको संकास्पद बस्तु देखिएपछि प्रहरीलाई सूचना पुगेको थियो। महानगरीय प्रहरी परिसर टेकुबाट डिएसपी होविन्द्र बोगटीको टोली गेष्ट हाउस पुगेर निगरानी गरे पनि दिनभर उक्त सामान लिन कोही नआएपछि उनीहरु रित्तै फर्किएका छन्।
प्रहरीले संकास्पद बस्तु खोल्न नसकेपछि डिष्पोजका लागि नेपाली सेनाको डिष्पोजल टोलीलाई गुहारेको छ। डिएसपी बोगटीले अन्नपूर्णसँग भने,‘ ‘रातो कपडामा बेरिएको संकास्पद बस्तु फेला परेको हो । हामीले खोल्न नसकेपछि सेनाको डिष्पोज टोलीलाई बोलाएका छौं।’
साभार : annapurna post
Comments
Post a Comment