श्रीमती छाडेर छिमेकी केटीसँग होटलमा बस्दा…



विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।

विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।



घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका