सनी लियोनीले नेपाली गीतको सुटिङ सकिन्

पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रबेश गरेकी चर्चित नायिका सनी लियोनी ले नेपाली फिल्ममा काम गर्न लागेको खबरले सिनेबजार तरंगित बन्यो । सुरुवाती दिनमा यस्ता खबरहरु आए पनि त्यती कसैले विश्वास गरेका थिएनन् तर केही समय अगाडी सनिले नै यसबारेमा ट्वीटगरेपछि उनले नेपाली फिल्ममा काम गर्न लागेको पुष्टी भएको थियो ।बलिउडमा हट र बोल्ड अवतारमा देखिँदै आएकी सनिले पासवर्ड फिल्मका लागि आईटम नम्बर गरेकी हुन् । जुन गीतको सुटिङ लण्डनमा सम्पन्न भईसकेको छ । सनिले लण्डनको चिसोमा विक्रम जोशीसँग कम्मर मर्काएकीछिन् । गीतको सुटिङ मंगलबार र बुधबार गरी २ दिन लगाएर सकिएको छ ।

सुटिङ सकिएपछि फिल्मकी नायिका परी रानाले सनिसंग सेल्फी पोस्ट गर्दे सनिसंग काम गर्दाको अनुभव निकै राम्रो भएको सेयर गरेकीछिन् । बुझिए अनुसार सनिले उक्त गीतका लागि २ करोड पारिश्रृमिक लिएकीछिन् । अजुर्न पोखरेलले तयार पारेको गीतमा दुर्गा खरेलको आवाज रहेको छ । सनिले गीत सुनेर दिएको प्रतिक्रियापछि अर्जुन पनि दंग परेका थिए ।

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’