सनी लियोनीले नेपाली गीतको सुटिङ सकिन्

पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रबेश गरेकी चर्चित नायिका सनी लियोनी ले नेपाली फिल्ममा काम गर्न लागेको खबरले सिनेबजार तरंगित बन्यो । सुरुवाती दिनमा यस्ता खबरहरु आए पनि त्यती कसैले विश्वास गरेका थिएनन् तर केही समय अगाडी सनिले नै यसबारेमा ट्वीटगरेपछि उनले नेपाली फिल्ममा काम गर्न लागेको पुष्टी भएको थियो ।बलिउडमा हट र बोल्ड अवतारमा देखिँदै आएकी सनिले पासवर्ड फिल्मका लागि आईटम नम्बर गरेकी हुन् । जुन गीतको सुटिङ लण्डनमा सम्पन्न भईसकेको छ । सनिले लण्डनको चिसोमा विक्रम जोशीसँग कम्मर मर्काएकीछिन् । गीतको सुटिङ मंगलबार र बुधबार गरी २ दिन लगाएर सकिएको छ ।

सुटिङ सकिएपछि फिल्मकी नायिका परी रानाले सनिसंग सेल्फी पोस्ट गर्दे सनिसंग काम गर्दाको अनुभव निकै राम्रो भएको सेयर गरेकीछिन् । बुझिए अनुसार सनिले उक्त गीतका लागि २ करोड पारिश्रृमिक लिएकीछिन् । अजुर्न पोखरेलले तयार पारेको गीतमा दुर्गा खरेलको आवाज रहेको छ । सनिले गीत सुनेर दिएको प्रतिक्रियापछि अर्जुन पनि दंग परेका थिए ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका