कङ्गोमा आठ जना शान्ति सैनिक मारिए



बेनी, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ ।

परिषदका अनुसार मारिने सुरक्षाकर्मीमा तान्जानीयाका एक जना र मलावीका सात जना रहेका छन् । कङ्गोमा राष्ट्रसंघीय शान्ति सेनाको यो दोस्रो ठूलो क्षति हो । गत वर्ष १५ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको थियो ।

गत बिहीबार, मोनुस्को शान्ति सेनाका उपप्रमुख जनरल बर्नार्ड कोमिन्सले कङ्गोमा सक्रिय लडाकू समूह एलाइड डेमोक्रेटिक फोर्स ९एडीएफ० का विरुद्धमा मङ्गलबार कङ्गोको सरकारी सेनासँग मिलेर संयुक्त सैन्य कारबाही गरिएको बताउनुभयो । जिहादी समूह एडीएफले कङ्गोका सर्वसाधारणमाथि बेलाबेला क्रुर हमला गरिआएको छ ।

कोमिन्सले बेनीबाट करिब २० किलोमिटर टाढाको किडीडीवेमा सैनिक कारबाही गरिएको जानकारी दिनुभयो । यो सहरमा करिब तीन लाख मानिसको बसोबास छ ।



“हाल किडिडीवे हाम्रो नियन्त्रणमा छ । यसक्रममा निकै हिंसात्मक सङ्घर्ष समेत भएको छ । अहिले, हामीले घाइते कङ्गोली सेना र शान्ति सेनालाई त्यहाँबाट उद्धार गरिरहेका छौं,” कोमोन्सले बताउनुभयो । बुधबारको भिडन्तमा आफ्ना चार सैनिकको ज्यान गएको मलावीको रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

कोमोन्सले किडिडीवे एडीएफको महत्वपूर्ण र बलियो आधार इलाका रहेको बताउनुभयो ।

मोनुस्कोमा हाल करिब १७ हजार सैनिक छन् र राष्ट्रसंघको यो सबैभन्दा ठूलो शान्ति अभियान हो । दोस्रो कङ्गोली युद्धका क्रममा स्न १९९९ मा स्थापित मोनुस्कोको वार्षिक बजेट करिब १ अर्ब १५ करोड डलर छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका