अभिनेत्री पूजाले १५ लाख लिएर साइन गरिन् ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं, २६ कात्तिक । अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि लाइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ फिल्ममा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले फिल्म निर्माण तथा अभिनय गर्दै आएकी अभिनेत्री पूजा शर्माले यसपटक भने अभिनय मात्र गर्नेछन् ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म भने एभी प्रोडक्शन प्रालिको ब्यानरमा बन्न लागेको हो । यो फिल्ममा अभिनेत्री शर्माले नव–नायक सोनम तोप्देनसँग अनस्त्रीन रोमान्स गर्दैछन् । निर्माण पक्षका अनुसार अर्को एक जना नायकको खोजी भइहेको छ ।

यो फिल्मको लागि अभिनेत्री शर्माले १५ लाख पारिश्रमिक लिएकी छन् । यो फिल्मको कथाबस्तुका कारण काम गर्न लागेकी अभिनेत्री शर्माले बताएकी छन् ।
यो फिल्मको सुटिङ आगामी माघबाट सुरु हुनेछ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका