अभिनेत्री पूजाले १५ लाख लिएर साइन गरिन् ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं, २६ कात्तिक । अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि लाइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ फिल्ममा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले फिल्म निर्माण तथा अभिनय गर्दै आएकी अभिनेत्री पूजा शर्माले यसपटक भने अभिनय मात्र गर्नेछन् ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म भने एभी प्रोडक्शन प्रालिको ब्यानरमा बन्न लागेको हो । यो फिल्ममा अभिनेत्री शर्माले नव–नायक सोनम तोप्देनसँग अनस्त्रीन रोमान्स गर्दैछन् । निर्माण पक्षका अनुसार अर्को एक जना नायकको खोजी भइहेको छ ।

यो फिल्मको लागि अभिनेत्री शर्माले १५ लाख पारिश्रमिक लिएकी छन् । यो फिल्मको कथाबस्तुका कारण काम गर्न लागेकी अभिनेत्री शर्माले बताएकी छन् ।
यो फिल्मको सुटिङ आगामी माघबाट सुरु हुनेछ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर