छोरीको न्यायका लागी धर्नामा रहेका निर्मला पन्तका बुवा अचानक बिरामी, अस्पताल भर्ना



कंचनपुर, २९ कार्तिक । साढे ३ महिना बढी हुदासम्म पनि निर्मला पन्तले न्याय नपाए पछी छोरीको न्यायका लागि धर्नामा रहेका निर्मला पन्तका बुवा यज्ञराज पन्त बिरामी परेका छन् ।

पाँच दिन अगाडी देखि कंचनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा विगत धर्नामा रहेका पन्त चिसोका कारण बिरामी परेको स्वास्थ्यकर्मीहरूले बताएका हुन् । पन्तलाई महाकाली अंचल अस्पतालबाट आएको स्वास्थ्यकर्मीहरूको टोलीले धर्नास्थलमै उपचार गरिरहेका छन् ।

पन्तलाई हिजो रातिदेखि ज्वरो र खोकीले पिरोल्न थालेको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ र उनलाईज्वरो समेत रहेको छ । उनि मात्र हैन श्रीमतको पनि स्वास्थ्यमा समस्या आउन थालेको छ ।

स्वास्थ्यको बेवास्ता गर्दै छोरीको न्यायको लागी सडकमा धर्नामा बस्दै गर्दा सरकारले उनीहरुको माग भने अहिले सम्म सम्बोधन गरेको छैन ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर