टोटनह्यामद्वारा क्रिस्टल प्यालेस पराजित, फोयथको निर्णायक गोल



२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई १–० गोलको कठिन जित निकालेको हो । टोटनह्यामको जितमा जुआन फोयथले गोल गरे ।क्रिस्टल प्यालेसले आफ्नो घरेलु मैदानमै भएको खेलमा टोटनह्यामलाई रोक्न सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा भने क्रिस्टल प्यालेसले गोल खान पुग्यो । खेलको ६६औं मिनेटमा फोयथले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टोटनह्यामले जितेको हो ।

शनिबार राति नै भएका अन्य खेलमा कार्डिफ सिटीले ब्रिगटोनलाई २–१ गोलले पराजित गर्दा न्युक्यास्टलले बोर्नेमाउथलाई २–१ गोलअन्तरले नै पराजित गरेको छ । त्यस्तै, वेष्टहामले हन्डर्सफिल्डसँग १–१ गोलको बराबरी खेल्दा वाटफोर्ड पनि साउथहाम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । अर्को खेलमा भने लेष्टर सिटीले बर्नेलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

टोटनह्यामले जित हात पारेपनि लिगको चौथो स्थानमा याथवत रहेको छ । टोटनह्यामको १२ खेलबाट २७ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । सिटीको ११ खेलबाट २९ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको चेल्सीको ११ खेलबाट २७ अंक रहँदा तेस्रो स्थानमा रहेको लिभरपुलको पनि समान खेलबाट २७ अंक नै रहेको छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन