मलेसियामा एक नेपालीको शव फेला

मंसिर ५- मलेसियामा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव फेला परेको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ ।उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए,’ प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ ।
कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।मृतक नेपाली भएको पत्ता लागेपनि उनको नाम भने खुलेको छैन ।

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’