कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटेँ : झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् ।

प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताएका छन् ।

‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने ।

नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे । पार्टी अझै एकीकृत नभइसकेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउने जिकिर गरे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको बताए । ‘यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका