कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटेँ : झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् ।

प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताएका छन् ।

‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने ।

नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे । पार्टी अझै एकीकृत नभइसकेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउने जिकिर गरे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको बताए । ‘यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने

Comments

Popular posts from this blog

काठमाडौंत्रिभुवन विमानस्थल मा फेरी घट्यो अर्को डरलाग्दो घटना

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त