छिटो, मिठो र सजिलोः यसरी बनाउने एभोकाडो र चनाको सलाद

अहिले हामीलाई आरमसाथ खाना बनाएर खाने फुर्सद छैन । एकातिर छिटो-छरितो ढंगले खाना बनाउनुपर्ने बाध्यता, अर्कोतिर स्वस्थ्यबर्द्धक हुनुपर्ने आवश्यक्ता । यस्तो अवस्थामा के गर्ने ?

सजिलो उपाय हो, सलाद ।सलाद बनाउन सजिलो । छिटो पनि । झटपट बनायो । खायो ।

त्यसो त हाम्रो परिकारमा सलादलाई उति महत्व दिइदैन । दाल, भात, तरकारी, अचार सामेल गर्छौं, सलाद हुँदैन । जबकी पाचन यन्त्रका लागि सर्वोत्तम खानेकुरा हो, सलाद । अक्सर सलाद काँचो वा उसिनेर खाइन्छ । यसमा रहेको पोषक तत्व शरीरले राम्ररी ग्रहण गर्छ । यसमा मिसावट हुँदैन । वा पकाउने क्रममा यसको पोषक तत्व पनि नष्ट हुँदैन । त्यसैले हरेक छाकमा सलादको मात्रा बढाउनुपर्छ, यदि स्वस्थ्य र तन्दुरुस्त रहने हो भने ।

सलाद अनेकथरी बन्छन् । सलादको स्वादमा विविधता पस्कन सकिन्छ । यद्यपी आफुसँग जे उपलब्ध छ र मौसम अनुसार जे कुरा प्राप्त हुन्छ, त्यसैको सलाद बनाउन सकिन्छ । जस्तो अहिले कांक्राको सिजन छ । सलादको लागि यो राम्रो विकल्प हो । मुला पनि पाइन्छ । कांक्रा, मुला, गाँजर, गोलभेडा आदि सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै गोभी, सिमी आदिलाई पनि उसिनेर सलाद बनाउन सकिन्छ । सलादमा फलफूलको प्रयोग गर्न सकिन्छ ।

सलाद किन खाने ?

जब हामी सलाद सेवन गर्छौं, पाचन यन्त्रलाई फाइदा गर्छ । सलादमा रहेको पोषक तत्व प्राप्त हुन्छ । सलाद सेवन गरेपछि पेट भरिन्छ, त्यसैले अनावश्यक खानेकुराबाट खाइदैन । अक्सर हामी भोक मेट्न र जिब्रोको तलतल मेट्न मिठो-मसिनो खानेकुरा खाइरहेका हुन्छौं, जुन पाचन यन्त्रका लागि भार बनिरहेको हुन्छ । यस्तो अवस्थामा सलादको सेवन एकदमै उपयोगी हुन्छ ।

सलादको सेवनले शरीरमा अनावश्यक विषाक्त तत्व रहन पाउँदैन । वोसो जम्न पाउँदैन । यसले गर्दा न पेट भारी हुने भय हुन्छ, न मोटोपन बढ्ने । ग्याष्ट्रिक हुँदैन, अपचको समस्या हुँदैन, पेट सफा र हल्का हुन्छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका