अर्घाखाँचीमा भेटिए सर्वनाङ्गो अवस्थामा ४० विदेशी पर्यटक

कात्तिक– नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा पुगेर नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ ।
जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ ।
शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएका थिए ।
४० जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीयले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी नै परिचालन गर्नु परेको छ ।

पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए । त्यसक्रममा उनीहरुले बिनासूचाना र अनुमति टेन्ट नै टाँगेर बसेपछि फिर्ता पठाउन गएरातिदेखि नै प्रहरी परिचालन गरिएको बताईन्छ ।
त्यसक्रममा विदेशी पर्यटक ल्याउने २ नेपालीलाई प्रहरीले गएराति नै पक्राउ गरि सकेको छ । अर्का एकजनालाई पनि पक्रन प्रहरी परिचालन गरिएको छ । पक्राउ पर्नेमा शालिक ढुङगाना र मोतीराम गैरे रहेका छन् । उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
स्थानीय बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० भन्दा बढी नागरिकले उच्छृंखल गतिविधि गरेका थिए ।
शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकको समुहले बस्ने अनुमति लिन नगरपालिकामा निवेदन दिएपनि नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले सुरक्षा हेर्ने जिल्ला प्रशासनको जिम्मेवारीभन्दै प्रशासन पठाएका थिए ।
जिल्ला प्रशासनले पनि अनुमति नदिएको प्रजिअ भुसालले बताए । स्थानीयका अनुसार विदेशीहरु २, ३ जनाका दरले जंगलमा प्रवेश गरेका थिए । सर्वनाङ्गागो भएर जथाभावी गर्ने पर्यटकहरु माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका