‘पैसा कमाउने र पीआर पाउने सोच बनाएर अस्ट्रेलिया नआउनुस्’



काठमाडौं — उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने विद्यार्थीले प्रारम्भिक सल्लाह र सुझाव नै गलत पाउँछन् । विद्यार्थीहरूलाई किन र के उद्देश्यले यहाँ आउने, थाहै हुँदैन । अभिभावकहरूले पनि आवश्यकताभन्दा धेरै अपेक्षा राख्ने गरेको पाइन्छ ।

नेपालका कन्सल्ट्यान्सीहरूले जुन किसिमको सल्लाह र सुझाव दिन्छन्, त्यो यहाँको समय र परिस्थिति सुहाउँदो नै हँ‘दैन। त्यसले विद्यार्थीलाई आफ्नो उद्देश्य निर्धारित गर्न सहयोग गर्दैन। विद्यार्थीहरूले अस्ट्रेलिया किन आउने सुरुमै निक्र्याैल गर्नुपर्छ। कन्सल्ट्यान्सीलाई थाहा नभएको कुराको गलत परामर्श दिनु हँ‘दैन। अर्काको भविष्य आफ्नो व्यवसायका लागि बिगारिदिन त भएन नि? नेपाली विद्यार्थीको संख्या तेस्रो स्थानमा छ तर, अन्य देशका विद्यार्थीले अध्ययन सकेपछि जुन किसिमको अवसर र करिअर पाएका छन्, त्यो नेपालीले पाएका छैनन्। त्यसैले पनि नेपाली विद्यार्थीले आउनुअघि आफ्नो उद्देश्य प्रस्टसँग बुझ्न आवश्यक छ।

विद्यार्थीहरूले यहाँको अवसर र चुनौतीबारे जानकारीसमेत राख्न सक्नुपर्छ। अध्ययन गर्न लागेको विश्वविद्यालय टप गर्ने सोचका साथ आउनुपर्छ। यहाँ अवसर धेरै भए पनि पैसा कमाउने र पीआर पाउने मात्र सोच बनाएर आउनु गलत हो। यसरी नआउँदा नै राम्रो हुन्छ। अस्ट्रेलियामा विद्यार्थीहरूको भविष्य उज्ज्वल भए पनि उनीहरूको आफ्नै उद्देश्यविहीनता, अभिभावकहरूको ज्यादा अपेक्षा र कन्सल्ट्यान्सीहरूको गलत सल्लाहले समस्या आइरहेको छ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका