केटा ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने युवती विराटनगरमा पक्राउ

विराटनगरः आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो ।

आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउन खोजेको उजुरी आएपछि श्रेष्ठ पक्राउ परेकी हुन् । श्रेष्ठसँग आएका भनिएका इनरुवाका युवक सन्तोष श्रेष्ठ भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

कात्तिक १४ गते राती विराटनगरमा श्रेष्ठकै कोठामा सँगै मादक पदार्थ सेवन गरेपछि आफूमाथि बलात्कार गराउन खोजेको युवतीको जाहेरीमा उल्लेख छ । २ अपरिचित केटाहरू ल्याएर आफूलाई जबर्जस्ती यौन सम्पर्क गराउन हातपात गर्नुका साथै नग्न पारेको जाहेरी परेको मोरङ प्रहरीले बताएको छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन